नारायण कर्णालीकै उत्कृष्ट बन्दा सिम्ता सबैभन्दा पुुछारमा



मन्त्रालयले आर्थिक वर्ष २०८०–०८१ मा विभिन्न १० वटा सूचकका आधारमा स्थानीय तहहरूको मूल्यांकन गरेको हो । जसमा शासकीय प्रबन्ध, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन र भौतिक पूर्वाधारलगायत सूूचक राखिएका छन् । यस मूल्यांकनको मुख्य उद्देश्य स्थानीय तहहरूको कामको समीक्षा गर्ने, सुधारका क्षेत्रहरू पहिचान गर्ने र एकअर्काबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउनु रहेको मन्त्रालयले जनाएको छ ।

नन्दराम जैशी । सुर्खेत ।

स्थानीय तहको कार्यसम्पादन मूल्यांकनमा दैलेखको नारायण नगरपालिका कर्णाली प्रदेशकै उत्कृष्ट भएको छ भने सुर्खेतको सिम्ता गाउँपालिका प्रदेशकै कमजोर देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)को नतिजाअनुसार नारायण नगरपालिकाले ८८.२५ अंक ल्याएर प्रदेशकै उत्कृष्ट भएको हो भने सिम्ता गाउँपालिकाले ४८.२५ अंक प्राप्त गरेर प्रदेशका ७९ वटा स्थानीय तहहरूमध्ये सबैभन्दा पुुछारमा छ ।

मन्त्रालयले आर्थिक वर्ष २०८०–०८१ मा विभिन्न १० वटा सूचकका आधारमा स्थानीय तहहरूको मूल्यांकन गरेको हो । जसमा शासकीय प्रबन्ध, वित्तीय व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन र भौतिक पूर्वाधारलगायत सूूचक राखिएका छन् । यस मूल्यांकनको मुख्य उद्देश्य स्थानीय तहहरूको कामको समीक्षा गर्ने, सुधारका क्षेत्रहरू पहिचान गर्ने र एकअर्काबीच स्वस्थ प्रतिस्पर्धाको भावना विकास गराउनु रहेको मन्त्रालयले जनाएको छ ।

प्राप्त नतिजाअनुसार जिल्लागत रूपमा सुर्खेतका नौ वटा स्थानीय तहहरूमध्ये लेकवेशी नगरपालिकाले ८३.५० अंक ल्याएर जिल्लाकै उत्कृष्ट बनेको छ भने सिम्ता गाउँपालिका पुुछारमा रहेको छ । यस्तै कालीकोटका नौ वटा स्थानीय तहमध्ये सान्नी त्रिवेणी गाउँपालिकाले ८२ अंक ल्याएर उत्कृष्ट भएको छ भने महावै गाउँपालिकाले ५८ अंक ल्याएर पुुछारमा छ । जाजरकोटका सात वटा स्थानीय तहमध्ये त्रिवेणी नलगाड नगरपालिका ८१.५० अंकले जिल्लाकै उत्ष्कृट बनेको छ भने कुसे गाउँपालिका ६५.५० अंक ल्याएर पुुछारमा छ ।

त्यस्तै जुम्लाका आठ वटा स्थानीय तहमध्ये कनकासुुन्दरी गाउँपालिका ८२ अंक ल्याएर उत्कृष्ट बनेको छ भने पातारासी गाउँपालिका ६३.५० अंकका साथ पुुछारमा छ । यता डोल्पाका आठ स्थानीय तहमध्ये ८२ अंक ल्याएर काइके गाउँपालिका जिल्लाकै उत्कृष्ट पालिका बनेको छ । त्रीपुरासुन्दरी नगरपालिका ६५.७५ अंकका साथ पुुछारमा रहेको छ । दैलेखका ११ वटा स्थानीय तहहरूमा नारायण नगरपालिका ८८.२५ अंक ल्याएर उत्कृष्ट बनेको छ भने ४८.७५ अंक ल्याएर आठबीस नगरपालिका पुुछारमा छ ।

रूकुम पश्चिमका पाँच स्थानीय तहमध्ये चौरजहारी नगरपालिकाले ८४ अंक ल्याएर उत्कृष्ट बनेको छ भने ७१.५० अंक ल्याएर बाँफिकोट गाउँपालिका पुुछारमा छ । मुुगुुका चार वटा स्थानीय तहहरूमा खत्याड गाउँपालिकाले ८० अंक ल्याएर उत्कृष्ट बनेको छ भने ७४.७५ अंक ल्याउँदा पनिसोरु गाउँपालिका पुुछारमा रहेको छ । इता सल्यानका १० वटा स्थानीय तहहरूमा त्रीवेणाी गाउँपालिकाले ८५ अंक ल्याएर जिल्लाकै उत्कृष्ट बनेको छ भने ६१ अंक ल्याएर कुुमाख मालिका गाउँपालिका पुुछारमा छ । हुम्लाका सात वटा स्थानीय तहहरूमा खार्पुुनाथ गाउँपालिकाले ८३ अंक ल्याएर उत्कृष्ट बनेको छ भने ६२.७५ अंक ल्याएर चंखेली गाउँपालिका पुुछारमा छ ।

नयाँ मूल्यांकन प्रणाली लागुु 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहहरूमा सेवा लिन आउने सेवाग्राहीलाई सन्तृष्ट पार्न नयाँ मूल्यांकन प्रणाली लागु गरेको छ । स्थानीय आर्थिक विकास मूल्यांकन प्रणालीलाई एकिकरण गरी आव २०८२–०८३ देखि लागुु हुनेगरी स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली कार्यन्वयनमा ल्याइएको हो । सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले भदौ ६ गते नयाँ प्रणाली शुुभारम्भ भएको घोषणा गरेकी छन् ।

‘गाउँपालिका र नगरपालिकाले संस्थागत क्षमता स्वमूल्यांकनमार्फत शासकीय अभ्यासमा देखाएको अग्रसरताले सार्वजनिक सेवा प्रवाह, सामाजिक न्याय र सुशासनमा टेवा पुगेको छ,’ उनले भनिन्, ‘साथै शुभारम्भ भएको नयाँ प्रणालीले गाउँपालिका र नगरपालिकाको शासकीय अभ्यासलाई थप उचाइमा पु¥याइ नागरिक सन्तुष्टि हासिल गर्ने विश्वास छ ।’ स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यान आव २०७६–०७७ बाट सुरु गरिएको थियो । तर मन्त्रालयले गुणस्तर परीक्षण गरी नतिजा प्रतिवेदन सार्वजनिक गरेको यो दोस्रोपटक हो ।’

मन्त्रालयले विगतमा कार्यन्वयनमा रहेका स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन प्रणाली, स्थानीय तह आर्थिक सुशासन जोखिम मूल्यांकन प्रणाली र स्थानीय आर्थिक विकास मूल्यांकन प्रणालीलाई एकिकरण गरी आव २०८२–०८३ देखि स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणाली कार्यन्वयनमा ल्याएको हो । मन्त्रालयका सचिव रविलाल पन्थले स्वमूल्यांकन प्रकृयामा सहभागी हुँदै आएका सम्पूर्ण गाउँपालिका र नगरपालिकालाई धन्यवाद दिएका छन् ।

गुणस्तर परीक्षणमा उत्कृष्ट स्थान हासिल गर्ने गाउँपालिका र नगरपालिकालाई उनले बधाई पनि दिए । स्थानीय सरकारको कार्यसम्पादनलाई प्रभावकारी र नतिजामुखी बनाउनको लागि मन्त्रालय केन्द्र सरकार र स्थानीय तहबीच पुलको भूमिका निर्वाह गर्न सदैव तत्पर रहने उनले बताए। उनले भने, ‘नागरिकको नजिकमा रही राज्यको शासकीय इकाईको रूपमा अभ्यास गरिरहेका स्थानीय तहले संस्थागत क्षमताको स्वमूल्यांकन गरी प्राप्त नतिजालाई वस्तुनिष्ठ बनाउँदै स्थानीय शासन कार्यसम्पादन मूल्यांकन प्रणालीमार्फत थप सुधार र परिस्कृत हुन सहयोग पुग्ने अपेक्षा छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ १२ गते बिहीबार