काभा महिला भलिबलका लागि निरुताको नेतृत्वमा नेपाली टोली घोषणा



काठमाडौँ ।

काभा महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल भलिबल संघले शनिबार निरुता ठगुन्नाकाे कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

नेपाली टोलीमा उषा भण्डारी, मिना सुनार, सलिना बुढा मगर, कामना विष्ट, रिमा कुँवर, सलिना श्रेष्ठ, वसन्ती साउँद, सुमित्रा रेग्मी, सुनिता खत्री, एलिशा मानन्धर, प्रगति नाथ, सजना महतो र शान्तिकला तामाङ छन् ।

काभा महिला भलिबल च्याम्पियनसिपका ८ देखि १५ जेठसम्म काठमाडौंमा हुँदै छ । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा हुनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८३ जेठ २ गते शनिबार