सानिमा बैंकको बससेवा क्यासब्याक अभियान पुनः सञ्चालनमा



काठमाडौँ ।

सानिमा बैंकले डिजिटल कारोबार प्रवद्र्धनमा ग्राहकहरूबाट प्राप्त सकारात्मक प्रतिक्रिया तथा सफलतालाई मध्यनजर गर्दै बससेवा क्यासब्याक अभियान पुनः सञ्चालन गरेको छ । यस अभियानअन्तर्गत सानिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बससेवामार्फत बस टिकट खरिद गर्ने ग्राहकहरूले आकर्षक क्यासब्याक सुविधा प्राप्त गर्न सक्नेछन् ।

नेपालभित्र यात्रा गर्दा १५५ वा अधिकतम २०० रूपैयाँसम्म तथा भारत यात्रा गर्दा १५५ वा अधिकतम ४०० रूपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिनेछ । यो योजना २०८३ साल वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म लागू हुनेछ । यस पहलमार्फत सानिमा बैंकले डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई यथोचित सुविधा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहो¥याएको बताएको छ ।

बैंकले नगदरहित अर्थतन्त्र निर्माणमा योगदान पु¥याउन विभिन्न क्यासब्याक योजना तथा छुटहरू उपलब्ध गराउँदै आएको छ । बससेवा अभियानका अतिरिक्त, सानिमा बैंकका डेबिट र क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूले विभिन्न अस्पताल, होटल, रेस्टुरेन्ट तथा अन्य व्यापारिक प्रतिष्ठानहरूमा आकर्षक छुटहरू प्राप्त गर्न सक्नेछन् । सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ३ गते बिहीबार