ज्ञानको अध्यक्षमा डा. धिताल



नेपालगन्ज (बाँके) ।

सामाजिक सेवा, समुदाय सशक्तीकरण तथा मानवीय उत्तरदायित्वका क्षेत्रमा सक्रिय संस्था गोस्पल एसेम्बली नेटवर्क नेपाल (ज्ञान नेपाल)को छैटौँ अधिवेशन नेपालगन्जमा सम्पन्न भएको छ । अधिवेशबाट डा. डक्टप्रसाद धितालको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

अधिवेशनको उद्घाटन सत्र गैरसरकारी महासंघका केन्द्रीय सचिव नमस्कार शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यसपछिको बन्द सत्र संस्थाको आफ्नै कार्यालयमा बसेको थियो । अधिवेशनलाई सम्बोधन गर्दै प्रमुख अतिथि शाहले सामाजिक संस्थाहरूले समाजमा आशा, सहारा र चेतनाको भूमिका निर्वाह गरिरहेको उल्लेख गरे ।

उने भने, ‘ज्ञान नेपाल नेपालगन्जमा स्थापना भए पनि हिमाली पहाडी जिल्लामा समेत काम गर्न सफल भएको कुरा प्रचारमा ल्याउन प¥यो ।’ उनले आगामी दिनमा अझ उत्तरदायी, सशक्त र परिणाममुखी कार्यसम्पादनको अपेक्षा व्यक्त गरे । संस्थाका सचिव मोहनलाल चौधरीले सचिवीय प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको प्रशासनिक, संगठनात्मक तथा कार्यक्रमगत गतिविधिबारे जानकारी गराएका थिए ।

प्रतिवेदनमा संस्थाले शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, विपद् राहत, संरक्षण तथा समुदाय सशक्तीकरणका क्षेत्रमा गरेका कार्यहरूको समग्र अवस्था समेटिएको थियो । अधिवक्ता सुर्यप्रकाश घर्तिको अध्यक्षतामा निर्वाचन समिति गठन गरिएको थियो ।

निर्वाचन समितिले आवश्यक सबै प्रक्रिया पूरा गरेपछि डा. डक्टप्रसाद धितालको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको घोषणा गरेको थियो । नयाँ नेतृत्व सर्वसम्मत रूपमा चयन हुनु संस्थाभित्रको आपसी विश्वास, एकता, सहकार्य र संस्थाप्रतिको साझा प्रतिबद्धताको सकारात्मक संकेतका रूपमा हेरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २६ गते बिहीबार