कैलाली ।
कैलाली जिल्ला तेक्वान्दो संघको नयाँ कार्यसमिति चयन गरिएको छ । सुदूरपश्चिम तेक्वान्दो संघका अध्यक्ष सुवाशबहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सर्वसम्मत रूपमा जिल्ला संघ चयन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिमा विनय चोखाल अध्यक्ष चयन भएका छन् भने उपाध्यक्षमा भुवन सार्की चयन भएका छन् । त्यस्तै सचिवमा योगेन्द्र खलौला र कोषाध्यक्षमा नेहा चौधरी चयन भएका छन् । सदस्यहरूमा महेशराज जोशी, सुशील सिंह, कोपिला आग्री, देबेन्द्र बोहरा र कमलसिंह ढाट चयन भएका छन् ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा प्रकाश चन्दको उपस्थिति रहेको थियो । साथै सुदूरपश्चिम प्रदेश तेक्वान्दो प्रमुख गोविन्द बिष्ट, प्रशिक्षक शेर सिंह तथा प्रदेश सचिव श्रीराम चौधरीलगायत प्रदेश, जिल्ला तथा दोजाङ्ग प्रमुखहरू र खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार









प्रतिक्रिया दिनुहोस्