बेन्फिकालाई यूईएफएले ग¥यो कारबाही



काठमाडौँ ।

युरोपिन फुटबलको नियमनकारी निकाय यूईएफएले पोर्चिुगिज क्लब बेन्फिकालाई ४० हजार युरो जरिवाना तिराएको छ । गएको फेब्रुअरीमा बेन्फिकाले च्याम्पियन्स लिगको अन्तिम–१६ अन्तर्गत स्पेनिस क्लब रियाल मिड्रडविरुद्ध २–१ को हार व्यहोरेको थियो ।

सोही खेलमा बेन्फिकाका समर्थकले रंगभेदी र विभेदकारी व्यवहार देखाएको जनाउँदै यूईएफएले टिमलाई जरिवाना तिराएको हो । खेलका दौरान मैदानमा बोतललगायत क्षति पु¥याउन सक्ने वस्तु फ्याँकेकाले २५ हजार युरो तिराउने निर्णय गरिएको छ । लेजर पोइन्टर प्रयोग गरेकाले थप आठ हजार युरो जरिवाना तिराउने निर्णय महासंघले गरेको हो ।

यूईएफएले क्लबका सहायक प्रशिक्षक पेड्रो माचेन्डोलाई पनि खेलभावनाविपरीत कार्य गरेको जनाउँदै एक खेलका निम्ति निलम्बन गरेको छ । यूईएफएको कारबाही यतिमा मात्र सीमित छैन । बुधबार यूईएफएको अनुुशासन सतितिले एक वर्षका निम्ति बेन्फिकालाई घरेलु मैदान स्टाडियो डे लुजमा ‘होम’ खेल खेल्न प्रतिबन्ध लगाएको छ ।

बेन्फिाका यसअघि पनि यूईएफएको कारबाहीमा परिसकेको छ । च्याम्पियनस लिगको अन्तिम–१६ को पहिलो लेगमा बेन्फिका १–० ले परिाजित भएको थियो । खेलमा बेन्फिकाका विंगर जियानलुका प्रेस्टिआनीले रियालका भिनिसियस जुनियरप्रति रंगभेदी र विवेदपूर्ण व्यवहार गरेको आरोेप थियो । तर, बेन्फिकाले आरोप अस्वीकार गरेको थियो । यूईएफएले त्यसपछि प्रेस्टिआनीलाई छानबिनका निम्ति दोस्रो लेग खेल्न रोक लगाएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार