नेपालगन्ज (बाँके) ।
बाँकेको नेपालगन्जमा नयाँ होटल थपिएको छ । नेपालगन्जको धम्बोझीमा १५ करोडको लगानीमा नयाँ दुईतारे होटल ‘होटेल कान्तिपुर प्लाजा’ शुक्रबारदेखि सञ्चालनमा आएको हो । पश्चिम नेपालको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र नेपालगन्जको मुटु धम्बोझी चोकमा अत्याधुनिक सेवा–सुविधायुक्त ‘होटेल कान्तिपुर प्लाजा’ विधिवत् रूपमा शुक्रबारदेखि सञ्चालनमा ल्याइएको सञ्चालक ऋषिराम कँडेलले जानकारी दिए ।
करिब १५ करोड रूपैयाँँ लगानीमा निर्माण सम्पन्न भई शुक्रबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको उनले बताए । नेपालगन्ज आउने व्यावसायिक प्रतिनिधि, आन्तरिक तथा बाह्य पर्यटक एवं विशिष्ट पाहुनाहरूलाई स्तरीय आतिथ्य प्रदान गर्ने उद्देश्यले दुईतारे मापदण्डअनुरूप यो होटल तयार गरिएको युवा उद्यमी एवम् सञ्चालक कँडेलले बताए ।
उनका अनुसार होटलमा कूल २७ वटा सुविधासम्पन्न कोठाहरू रहेका छन्, जसमा विलासी अनुभवका लागि २ वटा विशेष स्वीट रुम उपलब्ध छन् । सबै कोठाहरूमा एसी र २४सैँ घण्टा तातोपानीको व्यवस्था हुनुका साथै पाहुनाहरूको सहजताका लागि ८ जना अट्ने अत्याधुनिक लिफ्ट जडान गरिएको छ ।
पाहुनाहरूको सुविधालाई मध्यनजर गर्दै ईसेवा लगायतका विभिन्न डिजिटल प्लेटफर्महरूबाट सहजै कोठा बुकिङ गर्न सकिने व्यवस्था मिलाइएको छ । सभा÷सेमिनारका लागि होटलमा ६० जना क्षमताको आधुनिक सभा हल, ५० जना क्षमताको स्तरीय रेष्टुरेन्ट र ३० सिट क्षमताको कफी क्याफे सञ्चालनमा रहेका सञ्चालक कँडेलले जानकारी दिए ।
सवारीसाधनको सुरक्षाका लागि होटलमा सुरक्षित अन्डरग्राउन्ड पार्किङको व्यवस्था गरिएको छ । नेपालगन्जको मुख्य केन्द्र धम्बोझी चोकमा अवस्थित यस होटलले स्थानीयस्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्नुका साथै यहाँको आर्थिक र पर्यटकीय गतिविधिमा विशेष टेवा पु¥याउने विश्वास लिएको होटलले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्