कोहलपुर ।
लागूऔषध दुव्र्यसनविरुद्ध सचेतनामूलक बृहत् अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। मंगलबार कोहलपुर–५ स्थित वेष्र्टन माध्यमिक विद्यालमा ‘हाम्रो आवाज लागूऔषध दुव्र्यसनमुक्त समाज’ भन्ने मूल नाराका साथ सम्पन्न भएको हो ।
कोहलपुर नगरपालिका उपप्रमुख संगिता सुवेदीले कार्यक्रमको उद्घाटन गरेकी थिइन् । उनले समाजमा विकराल अवस्थामा रहेको लागूऔषधलाई सबै मिलेर अन्त्य गर्नुपर्नेमा जोड दिइन् । नगरपालिकाले लागूऔषध दुव्र्यसन र आत्महत्या रोकथाम लगायतका कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्दै आएको बताइन् ।
स्थानीय सरकारले लागूऔषध दुव्र्यसनलाई अन्त्य गर्न विगतदेखि सचेतामूलक अभियान चलाए पनि परिणम भने सोचेअनुरुप नदेखिएको कोहलपुर–५ का वडाध्यक्ष दिपेन्द्र श्रेष्ठले बताए । कार्यक्रम सञ्चालन हुने तर उपलब्धि भने नहुँदा अब समीक्षा गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो ।
उनले अब लागूऔषध दुव्र्यसनीविरुद्धको अभियानलाई चुनावी अभियान जसरी घरघरमा लैजानुपर्ने सुझाव दिए । विद्यार्थी र केही अभिभावकहरूलाई सचेतना गराए पनि घरघरमा त्यसको प्रभाव नपरेकाले अब चुनावी अभियान जसरी जानुपर्नेमा जोड दिए ।








प्रतिक्रिया दिनुहोस्