स्वास्थ्य शिविरमा चारसय बढीले लिए सेवा



खजुरा ।

जनता मावि सन्तकुटी खजुराका पूर्वविद्यार्थी समाजको आयोजनामा विशेषज्ञ सेवासहितको स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट विद्यार्थी र अभिभावहरु गरेर ४०८ जनाले सेवा लिएका थिए । स्वास्थ्य शिविरमा आँखा, कान, छालारोग, जनरल चेकजाँच लगायतका स्वास्थ्य परीक्षणसम्बन्धी विशेषज्ञ सेवा प्रदान गरिएको थियो ।

शिविरमा डा. प्रचण्ड गौतम, डा. आरके झा, डा. सल्मान शेष र डा. कपिल शाही लगायतका विशेषज्ञ र स्वास्थ्यकर्मीहरुले सेवा दिएका थिए ।
कार्यक्रममा खजुरा गाँउपालिकाको तर्फबाट रगत र यूरिन जाँच निःशुल्क सेवा प्रदान गरिएको थियो । शिविरका लागि आवश्यक औषधिहरु र परीक्षणको सहयोग पूर्वविद्यार्थीहरु कार्यरत कम्पनीबाट निःशुल्क रुपमा प्राप्त भएको समाजका अध्यक्ष झविलाल शर्माले जानकारी दिए ।

पूर्वविद्यार्थी डा. प्रचण्ड गौतम, डा. सल्मान शेष, विकास दाहाल, विष्णु देवकोटा, प्रेम खरेललगायत विएन कम्यूनिटी इयर केयर केन्द्रका प्रवन्ध निर्देशक रामबहादुर बोहोरा, लोमस फार्मास्यूटिकल्सका ओमनारायण शर्मा, स्वास्थ्यकर्मी प्रसिद्ध ढकाल र खजुरा गाउँपालिकाबाट औषधि प्राप्त भएको अध्यक्ष शर्माले जनाए ।

समाजका सल्लाकार एवं निःशुल्क स्वास्थ्य शिविरका संयोजक डा. प्रचण्ड गौतमको अध्यक्षतामा शिविर गरिएको हो । डा.गौतमले आफूले यसरी आफू अध्ययन गरेको विद्यालयमा स्वास्थ्य क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लाग्नुका साथै यस प्रकारका शिविर अन्य विद्यालयमा समेत सञ्चालन गर्न आफू सकारात्मक रहेको बताए ।

कार्यक्रममा समाजका सचिव ई. विवेक लामिछानेले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमको उद्देश्य समाजका सहसचिव श्री टंकनाथ दाहालले गरेका थिए । कार्यक्रममा बोल्दै पूर्वविद्यार्थी समाजका अध्यक्ष शर्माले समाजमा यसरी पूर्वविद्यार्थी समाज स्वास्थ्यको माध्यमबाट विद्यार्थी र समाजमा आफ्नो दायित्व निभाउन विद्यार्थीलाई विद्यालयप्रति जिम्मेवार बनाउन उक्त कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा पूर्वविद्यार्थी समाजका आजीवन सदस्य रामप्रसाद न्यौपानेले समाजले सञ्चालन गरेको विद्यालयलाई बस खरिद गर्ने अभियानमा २५ हजार ५ सय ५ नगद सहयोग गरेका थिए । विद्यालयका प्रध्यानाध्यापक महेन्द्र खत्री, पूर्वविद्यार्थी समाजका पधादीकारी, सदस्यहरु, स्वास्थ्यकर्मीहरु लक्ष्मी केसी वली, रामबहादुर बोहरा, गोविन्द बोहरा, तुल्सी धर्ति, प्रसिद्ध ढकाल, प्रचण्ड गौतम, प्रेम चन्द, जिवन यादव, चन्द्रविर वुढा, सुमन थापा, सरस्वती चौधरी, वृजेस मिश्रा तथा सूजाता खरेल लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार