कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुरमा ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दीप प्रज्वलन गरिएको छ । समाज सुधार कार्यक्रम नेपाल कोहलपुर बाँकेको आयोजनामा कोहलपुर ११ स्थित न्युरोड चोकमा दीप प्रज्वलन गरिएको हो । ‘सबै महिला र बालिकाको लागि अधिकार न्याय र कार्यसहितको अवसर’ भन्ने नारासहित मनाइएको दिवसको अवसरमा दीप प्रज्वलन आयोजना गरिएको थियो ।
उक्त अवसरमा बोल्दै स्याक नेपाल बाँकेकी अध्यक्ष वविता शाहले महिला समाजको शक्ति भएको बताइन् । उनका अनुसार महिलाहरुको सशक्तीकरण अहिलेको आवश्यकता हो । ‘महिलाको विषयमा एक दिन मात्रै होइन हरेक दिन बहस हुन आवश्यक छ । राज्यले महिलालाई प्राथमिकतामा राख्नुपर्छ,’ उनले भनिन् ।
मेची महाकाली बुहारी संयुक्त आवाज बाँकेकी अध्यक्ष उर्मिला पाण्डेले देश विकाससँगै महिलाहरुको समेत विकास हुन आवश्यक रहेको बताइन् । उनका अनुसार संस्थाले महिला सशक्तीकरणमा काम गरिरहेको छ । स्थानीय सरकारले महिलाहरुको क्षमता विकासमा काम गर्र्नुपर्ने उनको भनाइ छ ।
उक्त अवसरमा बोल्दै समाजसेवी शंकर न्यौपानेले संस्थाको आयोजनामा महिलाहरुको सम्मानका लागि दीप प्रज्वलन गरिएको बताएका थिए । उक्त अवसरमा युवायुुवती, विभिन्न संघ संस्थाका कर्मचारी तथा सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्