वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँके जिल्लामा तोकिएका चार सय मतदान केन्द्रमध्ये ५२ वटा मतदान केन्द्रमा महिला मतदान अधिकृत तोकिएका छन् । जिल्लाका एक सय ३९ वटा मतदानस्थलमा रहेका चार सय केन्द्रमध्ये ५२ वटा मतदान केन्द्रको जिम्मा महिला कर्मचारीहरुलाई दिइएको हो । बाँके क्षेत्र नम्बर १ मा रहेका एक सय ३५ मतदान केन्द्रमध्ये १७ वटाको नेतृत्व महिलालाई दिइएको छ ।
यसैगरी क्षेत्र नम्बर २ का एक सय २६ मतदान केन्द्रमध्ये १४ र क्षेत्र नम्बर ३ का एक सय ३९ मध्ये २१ वटा मतदान केन्द्रमा मतदान अधिकृतको जिम्मा महिला कर्मचारीलाई दिइएको छ । बाँके क्षेत्र नम्ब १ को, कृष्ण मावि कौशिलानगर (ग)मा उच्च अदालत तुलसीपुरमा कार्यरत आँचल बगाले, लक्ष्मी मावि बर्दहवा (ख)मा नरैनापुर गापामा महिला विकास अधिकृत कृष्णाकुमारी चन्द, लक्ष्मी मावि बर्दहवा (ग) कोहलपुर नपामा कार्यरत सुशिला थापा, हिमालय मदरसा गरिब नजाज प्रावि, बेडनपुर (क)मा नेपालगन्ज उपमहानगरपालिकामा कार्यरत पवित्रा पुरीलाई मतदाान अधिकृतको जिम्मेवारी दिइएको छ ।
यसैगरी सिद्धार्थ मावि रझेना (ख)मा कोहलपुर नगरपालिकाको जनस्वास्थ्य अधिकृत यशोदा केसी, सिद्धार्थ मावि रझेना (घ)मा कोहलपुर नपामा कार्यरत राधिका गैरे, बागेश्वरी बहुमुखी क्याम्पस, कोहलपुर (छ)मा कोहलपुर नपाका स्वास्थ्य अधिकृत लोकमाया भारतीलाई जिम्मेवारी दिइएको छ । यसैगरी, ज्ञानज्योति मावि चप्परगौडी (ख)मा कोहलपुर नगरपालिकाका अधिकृत बुद्धिमाया लम्साल, विद्याज्योति प्रावि चप्परगौडी (ग)मा कोहलपुर नगरपालिकाकाकै मिठ्ठुकुमारी शाही, विद्याज्योति प्रावि चप्परगौडी (घ)मा पनि कोहलपुर नगरपालिकाकाकै शोभा अधिकारीलाई जिम्मेवारी दिइएको छ ।
यस्तै नेराआवि चाधेरीया गाउँ (ख)मा कोहलपुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत शारदा चन्द, नेराआवि चाधेरीया गाउँ (ग)मा नेपालगन्जका शिक्षा अधिकृत शिला गौतम, सरस्वती मावि भवानीयापुर (घ)मा जिल्ला सरकारी वकिल कार्यालयका सविना बुढाथापा, नेराआवि सूर्यलालपुर (ख)मा कोहलपुर नगरपालिकाका अमृता पाण्डे, नेराआवि फत्तेपुर (ख)मा कोहलपुर नगरपालिकाकाकै अमृता थारु, फत्तेपुर स्वास्थ्य चौकी सर्रा (ग)मा गंगापुर स्वास्थ्य चौकीका सिअनमी लक्ष्मी गुरुङलाई र शिवशक्त मावि पेरानी (घ)मा कोहलपुर नगरपालिकाकाकै राधाकुमारी केसीलाई मतदान अधिकृत तोकिएको छ ।
यसैगरी क्षेत्र नम्बर २ को श्रीमावि वनकट्टी (क)मा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, नेपालगन्जका अधिकृत नेत्रा बोगटी, श्रीमावि शाहपूर्वा कम्दीमा नेपालगन्ज उपमहानगरपालिकाका अधिकृत माया शर्मा, धम्बोझी मावि, धम्बोझी (ङ)मा मालपोत कार्यालय नेपालगन्जका अधिकृत बिना केसी र नेपालगन्ज कन्या मावि, सल्यानीबाग (घ)मा उच्च सरकारी वकिल कार्यालयका अधिकृत नमुना गिरीलाई मतदान अधिकृत तोकिएको छ ।
यस्तै पशुपति शिक्षा मन्दिर (ग)मा भूमिगत जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयमा कार्यरत मधु न्यौपाने, हडिया बाबा मठ, रामनगर (क)मा उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलास अमृता केसी, महेन्द्र पार्क, (क)मा भेरी अस्पतालमा कार्यरत आशाकुमारी श्रेष्ठ, बालमन्दिर प्रावि बाँके बगिया (ख)मा जिल्ला प्रशासन कार्यालयमा कार्यरत बिनिता यादव र नेपालगन्ज उपमहानगरपापलिका (क) मा बेतहनी स्वास्थ्य चौकीमा कार्यरत सुनिता शर्मालाई मतदान अधिकृत तोकिएको छ ।
यस्तै, पटेश्वरी आवि, (क)मा ग्रामीण विकास अघुवित्तकी सुमित्रा न्यौपाने, आदर्श मावि राँझा (घ)मा स्वास्थ्य कार्यालय बाँकेकी प्रशंसा भण्डारी, महाराजा मावि पुरैना (ग)मा वन कार्यालयमा कार्यरत बन्दना राना र हुक्कादास बाबाको कुटी (ख)मा बाँके जिल्ला अदालतमा कार्यरत नितु साहुलाई मतदान अधिकृत तोकिएको छ ।
उता बाँके क्षेत्र नम्बर ३ को नेरा पशुपति प्रावि गौरिनगर (ख)मा बाँके आयुर्वेद स्वास्थ्य केन्द्रकी डा. गीता रेग्मी, ज्ञानोदय मावि खजुरा (ग)मा जिल्ला सरकारी वकिल कार्यालयकी शारदाकुमारी घिमिरे, अमृत प्रावि (ख)मा बैजनाथ गाउँपालिकाकी मिनाक्षी शर्मा, पशुपति मावि (क)मा कृषि अनुसनधान निर्देशनालय हेमाकुमारी पौडेल र पशुपति मावि (ख)मा कृषि अनुसन्धान निर्देशनालयकै झरना उपाध्यायलाई मतदान अधिकृत तोकिएको छ । उक्त मतदानस्थलका दुइवटै केन्द्र महिलाको नेतृत्वमा छन् ।
क्षेत्र नम्बर ३ कै जानकी १ नम्बर वडा कार्यालय (ख)मा खजुरा गाउँपालिकाकी लक्ष्मी केसी वली, जनता प्रावि वनकटवा (क) वनकटवा प्राथमिक स्वास्थ्य केन्द्रकी कमला न्यौपाने, श्री मावि बन्जारे गाउँ (क) प्राकृतिक स्रोत व्यवस्थापन केन्द्रकी गीता घिमिरे, नेराप्राविक इन्द्रगाउँ (ग) अध्यागमन कार्यालयकी दुर्गाकुमारी वली, जानकी ४ वडा कार्यालय (क)मा जानकी गाउँपालिकाकी कृष्णाकुमारी बुढाथोकी मतदान अधिकृत छन् ।
यसैगरी नेराप्रावि भाटनपुर्वा (क)मा जानकी गाउँपालिकाकी शोभा भडेल, सरस्वती मावि बैरहवाअ (ग)मा खजुरा गाउँपालिकाकी सोनु शाह, नेरामावि नौबस्ता (क)मा सोनपुर स्वास्थ्य चौकीकी शारदाकुमारी थापा, नेरामावि नौलापुर (क)मा नेपालगन्ज उमनपाकी प्रेमकुमारी बिसी, बैजनाथ वडा नम्बर ५ को कार्यालय (ख)मा राधापुर स्वास्थ्य चौकीकी मनमाया थापा र बैजनाथ वडा नम्बर ५ को कार्यालय (ग)मा खजुरा प्राथमिक स्वास्थ्य केन्द्रकी टीकामाया गुरुङलाई जिम्मा दिइएको छ ।
यस्तै बैजनाथ वडा नम्बर ५ को कार्यालय (घ)मा आधारभूत स्वास्थ्य केन्द्र बैजनाथ ४ की लक्ष्मी विक, नेरामावि बर्गदही (ख)मा बनकटवा प्राथमिक स्वास्थ्य केन्द्रकी लक्ष्मीकुमारी पौडेल, नेरामावि बर्गदही (ग)मा जानकी गाउँपालिकाकी गीता पौडेल शाही, भगवती मावि हसनापुर (ख) र (ग)मा जानकी गाउँपालिकाकै चन्दावती रोकाया गिरी र तेजकुमारी गौतम मतदान अधिकृत रहेका छन् । जिल्लामा मतदान अधिकृत र सहायक अधिकृतको संख्या आठ सय छ भने प्रत्येक मदान केन्द्रमा कूल ६ जना कर्मचारीहरु परिचालन गरिएको छ ।
कुल तीन लाख ५० हजार तीन सय ७१ जना मतदाता रहेको बाँके क्षेत्र नम्बर १ नम्बरमा एक लाख २४ हजार सात सय २७ जना, क्षेत्र नम्बर २ मा एक लाख आठ हजार दुई सय ९० जना र क्षेत्र नम्बर ३ मा एक लाख १७ हजार तीन सय ५४ जना मतदाता रहेका छन् । कूल ५८ जना उम्मेदवार रहेकोमा क्षेत्र नम्बर १ मा १६ जना, क्षेत्र नम्बर २ मा २० जना र क्षेत्र नम्बर ३ मा २२ जना उम्मेदवार रहेका छन् ।








प्रतिक्रिया दिनुहोस्