कोहलपुर (बाँके) ।
४४औँ राष्ट्रिय मगर एकता दिवस–२०८२ कोहलपुरमा भव्य रूपमा मनाइएको छ । ‘ऐतिहासिक मगरात सभ्यताको गर्विलो इतिहासलाई पुनर्लेखन गरौँ, मगरात दर्शन निर्माणको संकल्प गर्दै संघको ४४औँ स्थापना दिवस मनायौँ ।’ भन्ने मूल नारासहित नेपाल मगर संघ नगर कार्यसमिति कोहलपुर बाँकेको आयोजनामा दिवस भव्य रूपमा मनाइएको हो ।
औपचारिक समारोहको कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले उद्घाटन गरेका थिए । उक्त समारोहमा बोल्दै नगरप्रमुख आचार्यले मगर समुदायको हितका लागि नगरपालिकाले बजेट विनियोजन गर्दै आएको बताए । उनका अनुसार मगर दिवसको सम्मानमा नगरपालिकाले स्थानीय बिदासमेत दिने गरेको छ । ‘मगर नेपालको ऐेतिहासिक र साहसी समुदाय हो । नेपालका विभिन्न आन्दोलनमा यो समुदायको विशिष्ट योगदान छ । स्थानीय सरकार र संघबीच सहकार्य आवश्यक छ ।’
उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका उपप्रमुख संगीता सुवेदीले स्थानीय सरकारले मगर समुदायको हितमा काम गरिरहेको बताइन् । ‘कोहलपुर विविधता युक्त समाज छ । उनीहरूको संस्कृति संरक्षणका लागि बजेट विनियोजन गरिएको छ । आगामी दिनमा पनि सहकार्य गर्न तयार छाँै,’ उनले भनिन् । कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल मगर संघका केन्द्रीय महासचिव टेक बहादुर नाम्जाली मगरले लाखौं मगरहरूको संगठन नेपाल मगर संघ सबै मिलेर हातेमालो गरेर अगाडि बढ्नुपर्ने बताए ।
स्थानीय सार्वजनिक विधा भनिएपनि कोहलपुर नगरपालिकाभित्रका सम्पूर्ण निजी विद्यालय बन्द नभएकोप्रति ध्यानाकर्षण भएको र यो गलत निर्णय भएको नेपाल मगर संघ कोहलपुर नगर कमिटीका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष कविराम पुलामी मगरले बताए । यस्तै दिवसको अवसरमा संघको आयोजनामा कौशिल्या मेडिकलले दन्त शिविर गरेको थियो । फोनिजको आयोजनामा स्वास्थ्य जाँच सेवा सञ्चालन गरिएको थियो । शिविरमा १ हजार भन्दा बढीले सेवा लिएको आयोजकले जनाएको छ ।
कोहलपुर– ११ स्थित न्युरोड खुला मैदानमा औपचारिक समारोह सुरू हुनु पुर्व कोहलपुर चौराहा, न्युरोड, साझा चोक हुँदै खुला मैदानसम्म बृहत सांस्कृतिक ¥याली निकालिएको थियो । ¥यालीमा मगर समुदायको संस्कृति झल्कने, बाजागाजा, नाचका साथै सांगितिक प्रस्तुती प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य कृष्णबहादुर पुन मगर,नेपाल मगर स्रघ बाँके जिल्ला अध्यक्ष भूपेन्द्र पुन, लगायत मगर संघका विभिन्न पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।








प्रतिक्रिया दिनुहोस्