काठमाडौँ ।
सार्वजनिक ऋणको भार २८ खर्ब ८४ अर्ब रूपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्म यस्तो सार्वजनिक ऋण १ खर्ब ८४ अर्ब ९३ करोड रूपैयाँले थपिँदै कूल २८ खर्ब ५८ अर्ब ९७ करोड रूपैयाँ पुगेको हो ।
२०८२ असार मसान्तसम्म यस्तो सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रूपैयाँ रहेको थियो । समीक्षा अवधिमा कायम ऋण कूल गार्हस्थ उत्पादन (जीडीपी) को ४६.८१ प्रतिशत बराबर पुगेको छ । सार्वजनिक ऋणका जीडीपीको ५० प्रतिशत कमलाई सामान्य मानिने भएपनि बढ्दो ऋणसँगै उत्पादन, विकास र रोजगारीमा उपयोग हुन नसक्दा भने चिन्ता बढाएको छ ।
बजेट खर्चका लागि ऋणकै भर
चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँ बराबरको अनुमानित बजेट ल्याएको सरकारले खर्चको स्रोतका लागि सार्वजनिक ऋणबाट ५ खर्ब ९५ अर्ब रूपैयाँ परिचालन गर्ने लक्ष्य राखिएको छ । यसमध्ये माघ मसान्तसम्म २ खर्ब ५५ अर्ब ४८ करोड रूपैयाँ ऋण प्राप्ति भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
यो वार्षिक लक्ष्यको ४२.८९ प्रतिशतको उपलब्धी हो । जसमध्ये आन्तरिक र बाह्य ऋण प्राप्तिको प्रगति क्रमश ६०.१३ र १६.१८ प्रतिशत रहेको छ। कुल सार्वजनिक ऋण प्राप्ति मध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ८५.२० र १४.८० प्रतिशत रहेको छ। कुल सार्वजनिक ऋणमा माघ मसान्तसम्ममा वैदेशिक ऋणको हिस्सा ५२.८१ प्रतिशत रहेको छ भने आन्तरिक ऋणको हिस्सा ४७.१९ प्रतिशत रहेको कार्यालयले जनाएको छ।









प्रतिक्रिया दिनुहोस्