धरान टेनके रनको उपाधि रावत र श्रेष्ठलाई



धरान ( सुनसरी ) । 

धरानमा सम्पन्न १४औँ धरान १०के रनको उपाधि नरेन्द्रसिंह रावत र सन्तोषी श्रेष्ठ हात पारेका छन् । धरान १० ९टेनके० किलोमिटर रनमा रावतले ३१ मिनेट ५१ सेकेण्डमा दौड पूरा गर्नुभएको थियो भने श्रेष्ठले ३७ मिनेट ३७ सेकेण्डमा पूरा गरेका हुन् ।

उनीहरुलाई नगद रु ६० हजार पुरस्कार प्रदान गरिएको छ । पुरुषतर्फ जुलियस मर्युकी ३१ मिनेट ५८ सेकेण्डमा दौड पूरा गर्दै दोस्रो हुनुभयोभने महिलातर्फ पुष्प सेर्माले ४१ मिनेट ४४ सेकेण्डमा सो दूरी पार गरे ।

उनीहरुलाई पुरस्कारस्वरुप नगद रु ४० हजार प्रदान गरिएको छ । त्यसैगरी अमिर लिम्बू ३२ मिनेट ५० सेकेण्ड र प्रिया क्षेत्री ४२ मिनेट ३ सेकेण्डमा दौड पूरा गर्दै तेस्रो भए । उनीहरुलाई रु ३० हजार प्रदान गरियो । रासस

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ९ गते शनिबार