आहा रारा गोल्डकप : सहारा र जावलाखेलबिच उपाधि भिडन्त



पोखरा ।

२५औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको फाइनलमा आयोजक सहारा क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् ।बिहीबारको प्रतिस्पर्धामा १० खेलाडीमा सीमित हुँदा पनि जावलाखेलले उपाधि भिडन्त पक्का गर्न सकेको हो ।

उज्वेकिस्तानको बलियो टिम आभा फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित गर्‍यो । सहाराले भने मनाङ मर्स्याङ्दी क्लबलाई सेमिफाइनलमा सडन डेथको शिकार बनाउँदै फाइनल पुगेको हो । सहाराले १२ औँ संस्करणको उपाधि जितेको छ ।

११ र १५ औँ संस्करणमा समेत फाइनल पुगेर पनि उपाधिबाट वञ्चित बनेको थियो ।शनिबार सहारा र जावलाखेलबिच हुने फाइनलमा विजेताले १४ लाख र उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन ८ गते शुक्रबार