नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टितेलको मूल्य बढेको नेपाल आयल निगमले जानकारी गराएको छ । पेट्रोलमा १ र डिजेल तथा मट्टितेलमा मूल्य ३ रुपैयाँले बढेको छ । यससँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य एक सउ ५६ रुपैयाँ पुगेको छ ।
त्यस्तै, सुर्खेत र दाङमा पेट्रोलको मूल्य एक सय ५५ रुपैयाँ पुगेको छ भने चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५३ रुपैयाँ ५० रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार









प्रतिक्रिया दिनुहोस्