अछाम क्षेत्र नम्बर २ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार राजेश रावलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार भूपदेव शाहलाई समर्थन गरेका छन् । रावलले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै आइतबार अछामको मंगलसेनमा रास्वपाका शाहलाई समर्थन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
रावलले अब आफू शाहलाई जिताउन लाग्ने बताएका छन् । यस्तै भूपदेव शाहले पनि आफूहरूले मतदाताको चाहनाअनुसार सहमति गरेको बताएका छन् ।
प्रकाशित मिति : २०८२ फागुन ३ गते आइतबार









प्रतिक्रिया दिनुहोस्