तेस्रोपटक आईसीसी टी–२० विश्वकपमा पुगेको नेपाल यसपटक पनि समूह चरणबाटै बाहिरिएको छ । टी–२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले दुई पटकको टी२० विश्वकप विजेता वेस्ट इन्डिजसँग हार व्याहोरेपछि समूह चरणबाटै बाहिरिएको हो ।
नेपालले लगातार तीन हार व्यहोर्दा लगातार तीन जितसँगै वेस्ट इन्डिज सुपर एटमा पुग्ने पहिलो टिम बनेको छ । नेपाल यसअघि इंग्ल्याण्ड र इटलीसँग पराजित भएको थियो ।
नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको हो । वेस्ट इन्डिजका लागि कप्तान शाई होपले ४४ बल खेल्दै ५ चौका र ३ छक्का मदतमा अविजित ६१ रन बनाए । शिमरोन हेतमायरले ४३२ बल मा ४ चौका र २ छक्का मदतमा अविजित ४६ रन बनाए । दोस्रो विकेटका लागि होप र हेतमायरले अविजित ९१ रनको साझेदारी गरे ।
पहिलो विकेटका लागि कप्तान शाई होप र ब्राण्ड किङले ४३ रनको साझेदारी गरेका थिए । ब्राण्डन किंङले १७ बलमा २२ रन बनाए ।
समूह सीमा वेस्ट इन्डिज अपराजित रहँदै ६ अंक जोडेर शीर्ष स्थानमा छ । दुई जित र एक हारबाट इंग्लयाण्ड ४ अंकसहित दोस्रो स्थानमा छ । समान २ अंक जोडेका स्कटल्याण्ड र इटली क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
नेपाल लगातार तीन हारपछि यस समूहमा अंकविहिन छ । अब मंगलबार स्कटल्याण्ड विरुद्ध हुने अन्तिम खेल नेपालका लागि प्रतिष्ठाको लडाईँ मात्र हुनेछ ।









प्रतिक्रिया दिनुहोस्