कोहलपुर (बाँके): कोहलपुर–११स्थित बागेश्वरी बहुमुखी क्याम्पस मा स्वागत तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार क्याम्पसको आयोजनामा स्वागत तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । उक्त समारोह ग्रयाजुयट स्कुल अफ ह्युमानिटिज एण्ड सोसल साइसेन्जका डिन सह–प्रध्यापक डाक्टर आनन्दप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा सुरु भएको थियो । क्याम्पस प्रमुख दानबहादुर हमालको अध्यक्षतामा सम्पन्न भएको समारोहमा बहुमुखी क्याम्पस इतिहासमै सबैभन्दा धेरै नयाँ विद्यार्थीहरुलाई स्वागत गरिएको क्याम्पसले जनाएको छ ।

क्याम्पस प्रमुख दान बहादुर हमालका अनुसार २०६८ सालदेखि स्नातक तहमा पहिलोपटक धेरै विद्यार्थी भर्ना भएका हुन् । उनले स्नातक तहमा ६६८ जना नयाँ विद्यार्थी भर्ना भएका छन् । स्नातकोत्तर तहमा समेत ४६ जना नयाँ विद्यार्थी भर्ना भएको उनको भनाइ थियो । व्यवस्थापन संकायतर्फ बिबिएसमा २४२, बिबिएमा २२ जना नयाँ विद्यार्थी भर्ना भएका छन् ।
शिक्षातर्फ २३३ जना,मानविकीतर्फ ९२ जना र विज्ञानतर्फ ७१ जना नयाँ विद्यार्थी भर्ना भएको प्रमुख हमालले बताए । बागेश्वरी बहुमुखी क्याम्पसमा कुल २ हजार ३ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् । यस्तै सो अवसरमा बागेश्वरी कप खेलकुद प्रतियोगितामा विजयी खेलाडीहरूलाई पुरस्कार वितररण गरिएको थियो । प्रतियोगिता अन्तर्गत ब्याटमेन्टिन, टेबल टेनिस,बास्केटबल र छात्रछात्रा भलिबलतर्फ उत्कृष्ट भएकाहरुलाई सम्मान गरिएको थियो ।









प्रतिक्रिया दिनुहोस्