प्रधानमन्त्री कार्कीले भनिन्,‘ चुनावको तयारी सकियो,मत हाल्न मात्र बाँकी छ’



प्रधानमन्त्री सुशीला कार्कीले कोसी प्रदेशका निर्वाचनसँग सम्बद्ध अधिकारी र सुरक्षा प्रमुखहरूसँग निर्वाचन तयारी र सुरक्षा अवस्थाबारे जानकारी लिएकी छन्।बिहीबार सोलुखुम्बु र भोजपुरको भ्रमण सकेर सुनसरीको इटहरी पुगेपछि प्रधानमन्त्री कार्कीले समग्र कोसी प्रदेशको अवस्थाबारे जानकारी लिएकी हुन्।

उनले निर्वाचनका लागि भएको तयारीको प्रशंसा गर्दै आउँदा दिनमा पनि सबै निकायबीच समन्वयका साथ अघि बढ्न र चुस्त दुरुस्त व्यवस्थापन गर्न निर्देशन दिइन्। उनले आउँदा दिनमा पनि सबै सुरक्षा निकायबीच एकताबद्ध र समन्वयात्मक रुपमा अघि बढ्न निर्देशन दिइन्।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार