बंगलादेशमा चुनावः मतदान सकियो गणना सुरु



बंगलादेशमा बिहीबार भएको संसदीय निर्वाचनको मतदान सकिएको छ । देशभरका ३६ हजार मतदान केन्द्रमा खसालिएको मत गन्न थालिएको छ । अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुस, बीएनपी प्रमुख तारिक रहमान र विद्यार्थी नेता नाहिद इस्लामले पिन मतदान गरेका थिए । युनुसले भने,‘आज नयाँ बंगलादेशको जन्म भएको छ ।’

अर्कातर्फ पूर्वप्रधानमन्त्री शेख हसिनाले चुनावलाई धाँधलीपूर्ण भन्दै रद्द गर्न आह्वान गरेकी छन्। उनले युनुसको राजीनामा पनि मागेकी छन् । यो चुनावमा उनको पार्टी अवामी लिगलाई भाग लिन प्रतिबन्ध लगाइएको थियो । मतदानका क्रममा धेरै स्थानमा झडप पनि भएका थिए।

खुलनामा एक मतदान केन्द्र बाहिर जमात–ए–इस्लामी कार्यकर्ताहरूसँगको झडपमा बीएनपी नेता मोहिबुज्जमान कोचीको मृत्यु भएको छ । यस्तै गोपालगन्ज सदर क्षेत्रमा भएको विस्फोटमा तीन जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २९ गते बिहीबार