काठमाडौँ ।
प्रधानमन्त्री कप (पीएम) काठमाडौँ जिल्ला छनोटको उपाधि एक्सिलेन्स सेन्टर (सिइसी)ले जितेको छ । बुधबार भएको फाइनल खेलमा सिइसीले महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टरलाई १३८ रनको फराकिलो अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो ।
सिइसीले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ९ विकेट गुमाएर २२९ रन बनाएको थियो । विरेन्द्र धनादीले ८९ बलमा ६६ रन (१० चौका, १ छक्का) को महत्वपूर्ण इनिङ खेले । बलिङमा महावीरका सोनु देवकोटाले ४ विकेट लिए । जवाफमा महावीर स्टडिजले २१.३ ओभरमा अलआउट हुँदै मात्र ९१ रन बनाउन सक्यो ।
प्रतिश जिसीले ४० बलमा ४७ रन (५ चौका, ३ छक्का) बनाए पनि अन्य ब्याट्सम्यानहरूले राम्रो प्रदर्शन गर्न सकेनन् । सिइसीको बलिङमा दयानन्द मण्डलले ६ ओभरमा ४ विकेट, मोन्सन सिंहले ६.३ ओभरमा ३ विकेट र गणेश बिष्टले ७ ओभरमा ३ विकेट लिए ।
खेलको प्लेअफ अफ दि टुर्नामेन्ट सिइसीका रित गौत भए । उनले लगतार तीन खेलमा शतक प्रहार गरेका थिए । रित उत्कृष्ट ब्याटर पनि भए । उत्कृष्ट बलर महावरीका सन्दीप पराजुली भए । धिरज देउवा इमर्जिङ प्लेयर भए ।









प्रतिक्रिया दिनुहोस्