काठमाडौँ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने रेडबुल एन्फा महिला च्याम्पियनसिप नकआउट फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । फागुन १ देखि ९ गतेसम्म उदयपुरको त्रियुगा नगरपालिकास्थित थरुहट रंगशालामा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक एन्फाले पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
प्रतियोगितामा गाइघाट एफसी, न्युरोड टिम, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, एफसी रियाले, एपीएफ फुटबल क्लब, आरएस रिर्सोट एण्ड बीच फुटबल, चर्च ब्वाइज युनाइटेड, छहारी एफसी र संकटा एफसी गरी १० टोलीको सहभागिता रहनेछ । प्रतियोगिताका सबै खेल खेलाडी डटकमको युट्युब र फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ ।
विजेता टोलीले ७ लाख ५० हजार रूपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५ लाख रूपैयाँ हात पार्नेछ । फेयर प्ले टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्तालाई जनही ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
क्वाटरफाइनलसम्मको टिकट दर १०० रूपैयाँ र सेमिफाइनलको २०० रूपैयाँ तोकिएको छ । टिकट रंगशालाको गेटमै उपलब्ध हुनेछ । प्रतियोगिताको अनुमानित बजेट १ करोड २० लाख ६२ हजार २० रूपैयाँ रहेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्