खामेनीद्वारा इरानी राष्ट्रलाई एकता र दृढ सङ्कल्प प्रदर्शन गर्न आग्रह



इस्लामिक क्रान्तिका नेता आयातोल्ला सैय्यद अली खामेनीले इस्लामिक क्रान्तिको वार्षिकोत्सवको अवसरमा इरानी राष्ट्रलाई एकता र दृढ सङ्कल्प प्रदर्शन गर्न आग्रह गरेका छन् । यस्तो राष्ट्रिय स्थिरताले देशका शत्रुहरूलाई निराश पार्ने उहाँको भनाइ रहेको इरानी राज्य प्रसारणकर्ता प्रेस टिभीले जनाएको छ । इस्लामिक क्रान्तिको ४७औँ वार्षिकोत्सव मनाउन फेब्रुअरी ११ का लागि तय गरिएको ¥यालीअघि जारी गरिएको टेलिभिजन सन्देशमा आयातोल्ला खामेनीले यस अवसरलाई इरानको शक्ति, गरिमा र सामूहिक दृढताको प्रभावशाली प्रदर्शनको रूपमा चित्रण गरेका हुन् ।

‘बहमान २२ (फेब्रुअरी ११) हरेक वर्ष इरानी राष्ट्रको शक्ति र मर्यादा उजागर हुने दिन हो’, उनले भने । उनले इरानी जनतालाई दृढ, लचिलो, प्रशंसनीय र आफ्नो परिस्थितिबारे पूर्ण रूपमा सचेत राष्ट्रको रूपमा वर्णन गरे । उनले ११ फेब्रुअरी १९७९ मा इरानले ‘विदेशी हस्तक्षेप’ बाट आफूलाई मुक्त गर्दै ‘ठूलो विजय’ हासिल गरेको स्मरण गराउनुभयो । तर त्यसयता बाह्य शक्तिहरूले ती उपलब्धिहरूलाई उल्ट्याउने प्रयास निरन्तर गरिरहेको उनको भनाइ छ ।उनले वार्षिक वार्षिकोत्सव ¥यालीहरूलाई ‘अतुलनीय’ भन्दै अन्य कुनै पनि देशले हरेक वर्ष यति व्यापक र निरन्तर सार्वजनिक सहभागितासहित आफ्नो स्वतन्त्रता मनाउने उदाहरण नदेखिने बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार