मधेस यात्रामा बालेन शाहलाई अबिर र पुष्पगुच्छाद्धारा स्वागत



सप्तरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)लाई सप्तरीमा अबिर र पुष्पगुच्छाले स्वागत गरिएको छ । चुनावी यात्राका क्रममा शाह मंगलबार दिउँसो सप्तरी पुगेका हुन्। सप्तरीका विभिन्न क्षेत्रमा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ ।

रास्वपा कार्यकर्ता तथा समर्थकले उनको गाडीमा अबिर र पुष्पगुच्छा फाल्दै स्वागत गरेका थिए । उनले भने स्थानीय बासिन्दासँग कुराकानी गरेनन् । उनी घण्टी बजाउँदै चुनावी प्रचार गरिरहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २७ गते मंगलबार