नेपाली कांग्रेसद्धारा ३० दिने विशेष रणनीति लागू



काठमाडौँ । नेपाली कांग्रेसले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ नामक ‘विशेष रणनीति’ लागू गरेको छ । उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वको निर्वाचन परिचाल समितिले ‘निर्वाचन परिचालन निर्देशिका’ बनाएको छ । त्यो निर्देशिकामा ३० दिन ‘जसको जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ’ भन्ने वाक्यांश राखिएको छ ।

जिल्ला सभापतिबाहेकका नेताहरू अब आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर जान नपाउने निर्देशिकामा उल्लेख छ । निर्देशिका अनुसार कांग्रेसका विभिन्न तहको जिम्मेवारीमा रहेका पदाधिकारी र सदस्यहरू २१ फागुनसम्म आ–आफ्नो जिम्मेवारीको क्षेत्रमा खट्ने छन् । केन्द्रीय कार्यालयमा यसअघि निर्वाचन परिचालन समितिले चलाएका प्रदेश स्तरीय विशेष आन्तरिक छलफलमा उपसभापति शर्माले ‘विशेष रणनीति’ बारे जानकारी गराएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २० गते मंगलबार