प्रचण्ड भन्छन्: प्रधानमन्त्री बन्नेतिर मेरो ध्यान छैन



काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो ध्यान प्रधानमन्त्री बन्नेतिर नभएको प्रतिक्रिया दिएका छन्।सोलु–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित निर्वाचन विशेष कार्यक्रम तथा वृहत् भेलामा सहभागी हुन जाने क्रममा प्रचण्डले यस्तो बताएका हुन्।

सञ्चारकर्मीहरूले ‘फेरि प्रधानमन्त्री भएरै छोड्नेरु’ भन्दै गरेको प्रश्नमा प्रचण्डले भने, ‘त्यतातिर मेरो ध्यान छैन।’ प्रचण्डले सबै पार्टीलाई एक ठाउँमा नल्याएसम्म पार्टी एकता जारी राख्ने र राष्ट्रलाई एक बनाएरै छोड्ने दाबीसमेत गरे।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १७ गते शनिबार