असहाय विद्यार्थीलाई सघाउन चार लाखको अक्षयकोष स्थापना



तनहुँ ।  असहाय विद्यार्थीलाई सघाउने उद्देश्यले ऋषिङ गाउँपालिका–२ काहुँशिवपुरस्थित सहिद गङ्गा माध्यमिक विद्यालयमा रु चार लाख दुई हजारको अक्षयकोष स्थापना गरिएको छ ।  शुक्रबार आयोजित विद्यालयको ९९औँ वार्षिक साधारणसभाले  अक्षयकोष स्थापना गरेको हो । पूर्वसांसद रणेन्द्र बरालीले आफ्ना स्वर्गीय मातापिता झिमलाल र अमृता बरालीका नाममा प्रदान गरेको दुई लाखबाट अक्षयकोष स्थापना गरिएको हो ।


यसैगरी, स्वर्गीय बुद्धि श्रेष्ठ र पूर्णमान श्रेष्ठको सम्झनामा उहाँहरुका जेठा छोरा टङ्कनारायण श्रेष्ठले रु दुई लाख दुई हजारको अक्षयकोष स्थापना गरेका हुन् । सोही विद्यालयका पूर्वविद्यार्थी डम्बर बरालीले रु ४० हजार बराबरको २० थान मेच खरिद गरिदिएका हुन् । अर्का पूर्वविद्यार्थी नरजुन बरालीले बरालीले दलित तथा असहाय दुई जना छात्रछात्रालाई जनही रु १० हजार ५०० सहयोग प्रदान गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १७ गते शनिबार