निर्वाचन आचारसंहिताः १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र



काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले राजनीतिक दल, उम्मेदवार, सरकारी निकाय र सामाजिक संस्थालाई गरी २१  स्पष्टीकरण माग गरेको छ । यही माघ ४ गते राति १२ बजे निर्वाचन आचारसंहिता, २०८२ लागू भएदेखि माघ १५ गतेसम्म २१ स्पष्टीकरण सोधिएको आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसले जानकारी दिए । त्यसमध्ये आजसम्म आठ वटाको मात्र जवाफ प्राप्त भएको छ ।


आयोगले काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं ४ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रहेका वरिष्ठ अधिवक्ता डा सुरेन्द्र भण्डारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई यही माघ ७ गते स्पष्टीकरण सोधेको थियो । दुवै जनालाई तीन दिनभित्र स्पष्ट जवाफ पेस गर्न पत्राचार गरिएको थियो । त्यसमध्ये कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको जवाफ आएको छ भने भण्डारीको जवाफ नआएको सहायक प्रवक्ता श्रीसले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १५ गते बिहीबार