काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई डिस्चार्ज भएका छन् । स्वास्थ्य अवस्था सुधार हुँदै गएको र अस्पतालमा भेटघाट गर्ने मानिसको भिड लागेपछि उनले घरमै आराम गर्ने भन्दै डिस्चार्ज मागेका हुन् ।

अस्पतालका प्रवक्ता तथा डिपुटी निर्देशक डा. गोपालप्रसाद सेढाईंले लामिछाने अस्पतालबाट डिस्चार्ज भएको बताए । लामिछानेलाई ‘सेलुलाइटिस’ भएको थियो ।
५ माघमा पार्टीको कार्यक्रममा सहभागी हुन उनी जनकपुरमा पुगेका थिए । चोट लागेको ९ दिनपछि लामिछाने त्रिवि शिक्षण अस्पताल पुगे । परीक्षणको क्रममा उनलाई सेलुलाइटिस भएको पत्ता लाग्यो ।
उनलाई नसामार्फत तीनवटा एन्टिबायोटिक औषधि दिइएको छ ।
प्रकाशित मिति : २०८२ माघ १५ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्