बाँके : बाँकेको बैजनाथ गाँउँपालिका वडा नम्बर ५ वनकटुवा गाउँमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मूल नारासहित वनकटुवा गाउँमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

उक्त रक्तदान कार्यक्रममा गाउँमा कूल ३७ जनाले युवाले रक्तदान गरेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ का पूर्व वडा सदस्य तथा युवा समाजसेवी नारायण थारुले बताए । उनका अनुसार समाजमा सुरक्षित र नियमित रगत आपूर्तिमा सहयोग पुर्याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
‘ युवाहरु मिलेर कार्यक्रम आयोजना गरेका थियौ । कार्यक्रम भव्य भएको छ । युवाहरुको सक्रिय सहभागीता रहयो ,’ उनले भने । रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी उप शाखा कोहलपुरले गरेको उनले बताए । उपशाखाबाट प्राविधिक टोली खटिएको थियो ।
प्रकाशित मिति : २०८२ माघ १५ गते बिहीबार









प्रतिक्रिया दिनुहोस्