रास्वपाद्वारा डीपीको संयोजकत्वमा ५१ सदस्यीय ‘संघीय निर्वाचन सम्पादन समिति’ गठन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी २०८२ साल फागुन २१ गते हुने भनिएको प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै ‘संघीय निर्वाचन सम्पादन समिति’ गठन गरेको छ। पार्टीको केन्द्रीय समितिको निर्णय अनुसार उपसभापति डोल प्रसाद अर्यालको संयोजकत्वमा ५१ सदस्यीय समिति गठन गरिएको हो। अब्बल सरकार निर्माण गरी देशको विकास र आन्तरिक तथा बाह्य सबलता अभिवृद्धि गर्न स्पष्ट दुई तिहाइ मत प्राप्त गर्ने उद्देश्यसहित सो समिति गठन गरिएको रास्वपाले जनाएको छ। उक्त ५१ सदस्यीय समितिको सदस्य सचिवमा शंकर श्रेष्ठ रहेका छन्।

समितिले सातै प्रदेशमा ‘प्रदेश समन्वय सचिव’ तोकेको छ भने विभिन्न सदस्यहरूलाई जिम्मेवारी बाँडफाँड गरेको छ। प्रदेश समन्वय सचिवहरूको जिम्मेवारीमा कोशी प्रदेशका लागि उपेन्द्र पाण्डे, मधेश प्रदेशका लागि डा. नमिता यादव, बागमती प्रदेशका लागि सरिता ज्ञवाली रहेका छन्। यसका अलावा, गण्डकी प्रदेशका लागि तोयराज अधिकारी, लुम्बिनी प्रदेशका लागि अर्जुन अधिकारी, कर्णाली प्रदेशका लागि श्यामबाबु गौतम र सुदूरपश्चिम प्रदेशका लागि डा. कृष्ण भेटुवाल रहेका छन्। संघीय निर्वाचन सम्पादन समितिले केन्द्रीय कार्यालयमा डेक्स सञ्चालन गर्न तीनवटा विशेष उपसमितिहरू समेत गठन गरेको छ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १५ गते बिहीबार