आजदेखि एलाइट कप क्रिकेट हुँदै



मोरङ ।

प्रथम ‘एलाइट’ कप क्रिकेट प्रतियोगिता आजदेखि विराटनगरमा हुने भएको छ । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा आजदेखि १७ सम्म विराटनगर–६ स्थित मरिलेबन क्रिकेट खेल मैदान प्रतियोगिता हुनेछ ।

प्रतियोगितामा झापा, मोरङ र सुनसरीको टिमको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । प्रतियोगिताअन्तर्गत आज मोरङ र सुनसरी, १५ गते झापा र मोरङ, १६ गते सुनसरी र झापाबीच खेल हुनेछ भने माघ १७ गते प्रतियोगिताको फाइनल खेल हुने कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजित अध्यक्ष पाण्डेले जानकारी दिए ।

उक्त प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन समूहको सहभागिता रहने पाण्डेले बताए । आगामी दिनमा क्यानको वार्षिक क्यालेण्डरमा एलाइट कप प्रतियोगितालाई समेट्नका लागि पहल गरिने उनले बताएका छन् । प्रतियोगिताले कोशी प्रदेशमा क्रिकेटको खस्किएको शाखलाई फर्काउनका लागि प्रयास हुनेछ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १४ गते बुधबार