युरोपेली सङ्घका २७ सदस्य राष्ट्रहरूले औपचारिक रूपमा युरोपेली सङ्घमा पाइपलाइन ग्यास र तरल प्राकृतिक ग्यास (एलएनजी) दुवैको रूसी आयातलाई चरणबद्ध रूपमा हटाउने कानून स्वीकृत गरेका छन् । ईयू परिषद्ले विज्ञप्ति जारी गर्दै नयाँ नियमहरूमा ऊर्जा आपूर्तिको प्रभावकारी अनुगमन र विविधीकरणका उपायहरू पनि समावेश गरिएको उल्लेख गरेको छ । नयाँ कानून अनुसार युरोपेली युनियनमा रूसी पाइपलाइन ग्यास र एलएनजी आयात गर्न प्रतिबन्ध लगाइनेछ ।

‘नयाँ कानून लागु भएको छ हप्ता पछि यो प्रतिबन्ध लागु हुनेछ भने बिचको समय विद्यमान अनुबन्धहरूको संक्रमण अवधि हुनेछ । यो चरणबद्ध दृष्टिकोणले मूल्य र बजारमा पर्ने प्रभावलाई सीमित गर्ने जनाइएको छ । सन् २०२७ को सुरुदेखि एलएनजी आयात र सन् २०२७ को शरद ऋतुदेखि पाइपलाइन ग्यास आयातमा पूर्ण प्रतिबन्ध लागु हुने विज्ञप्तिमा भनिएको छ ।
युनियनमा ग्यास आयातको प्रवेशलाई अधिकृत गर्नु अघि, ईयू देशहरूले ग्यास उत्पादन भएको देशको प्रमाणिकरण गर्नेसमेत विज्ञप्तिमा उल्लेख छ । नयाँ नियमहरूको गैर–अनुपालनको परिणामस्वरूप व्यक्तिहरूको लागि कम्तिमा दई करोड ५० लाख कम्पनीहरूको लागि कम्तिमा चार करोड कम्तिमा ३,५प्रतिशत कम्पनीको कुल विश्वव्यापी वार्षिक कारोबार, वा अनुमानित लेनदेन कारोबारको ३०० प्रतिशत अधिकतम जरिवाना हुन सक्छ ।









प्रतिक्रिया दिनुहोस्