गगन थापा भन्छन् : १५औँ महाधिवेशनबाट म नै सभापति हुन्छु



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५ औँ महाधिवेशनबाट पनि आफू नै सभापति बन्ने बताएका छन्। सर्लाही बलरा नगरपालिकामा अगुवा कार्यकर्तासँग भेटघाटमा बोल्दै आफू अहिले विशेष महाधिवेशनबाट भर्खरै मात्रै सभापति भएको बताए।

उनले भने, ‘म भाग्ने मान्छे होइन, म कांग्रेसको सभापति बल्ल बनेको छु। महाधिवेशन आउँदै छ फेरि बन्नुछ, त्यसपछि केही समय क्रियाशील राजनीतिमा रहनेछु।’ उनले आफू मधेशको छोरा बनेर सर्लाही ४ मा आएको समेत बताए। उनले आफूलाई काठमाडौं ४ का जनताले त्यहीबाट चुनाव लड्न आग्रह गरेको भन्दै अर्को चुनावमा सर्लाही ४ का मतदाताले पनि त्यतै भन्ने परिस्थिति बनाउने जिकिर गरे।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार