बुटवल । लुम्बिनी प्रदेश सभाको सातौं अधिवेशनको दोस्रो बैठक दुई महिनापछि आज बस्दैछ ।दिउँसो १ बजे बस्ने बैठकको सम्भावित कार्यसूचीअनुसार प्रदेश सभा सदस्यको स्थान रिक्तसम्बन्धी जानकारी सभामुख तुलाराम घर्तीमगरले सभामा जानकारी गराउने प्रदेश सभाका सचिव दुर्लभकुमार पुनले बताए ।प्रदेश सभाका सदस्यहरु कृष्णा केसी, कन्हैया बानिया,धनबहादुर मास्की राना र धर्मबहादुर चौधरीले प्रतिनिधि सभा सदस्य चुनावमा उम्मेदवार बन्न राजीनामा दिएका छन् ।

आजको वैठकमा प्रदेश सभा सदस्यले समसामयिक विषयमा विशेष सम्बोधन गर्ने, जीवनाशक विषादी व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा पेश हुने र मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश प्रमुखको कार्यालयबाट फिर्ता आएको ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धी विधेयक’ माथि सैद्धान्तिक छलफलको प्रस्ताव पेश गर्ने र सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले जानकारी दिए । सातौं अधिवेशनको पहिलो बैठक मंसिर ८ गते बसेको थियो ।









प्रतिक्रिया दिनुहोस्