नसर्ने रोगको रोकथामबारे अन्तरक्रिया सम्पन्न



नेपालगन्जमा नसर्ने रोगको रोकथामका लागि नागरिक समाजको पैरवी विषयमा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गरिएको छ । उपभोक्ता हित संरक्षण मञ्च नेपालको आयोजनामा भएको कार्यक्रममा नसर्ने रोगको बढ्दो जोखिम न्यूनीकरणका लागि स्वास्थ्य सचेतना र शिक्षा आवश्यक रहेकोमा जोड दिइएको छ । नसर्ने रोगबाट बच्न स्वस्थकर खानपान, सुदृढ जीवनशैली, नियमित ब्यायाम, तौल नियन्त्रण, नियमित स्वास्थ्य चेकजाँचका लागि सर्वसाधारणलाई प्रेरित गर्न सचेतना र स्वास्थ्य शिक्षा आवश्यक रहेको कार्यक्रममा सहभागीहरुले बताएका छन् । कार्यक्रममा धुम्रपान र मद्यपानले जोखिम बढाएकोले सजग बन्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

कार्यक्रममा विश्व स्वास्थ्य संगठनका लसम्बिनी प्रदेश संयोजक डा. शंकुक भट्टले नसर्ने रोगको कारण, अवस्था, असर र रोकथामबारे प्रस्तुतिकरण गर्दै युवा पुस्ताको स्वाीथ्यका लागि धुम्रपान र मद्यपान ठूलो चुनौती बनिरहेको बताए । उनले नसर्ने रोगमा नागरिकको खर्चदेखि सरकारको लगानीसेमत बढिरहेकोले यसलाई रोक्नुपर्नेमा जोड दिए ।

यसैगरी नसर्ने रोगको रोकथाममा नागरिक समाजको भूमिका र पैरवीबारे प्रस्तुतिकरण गरेका उपभोक्ता हित संरक्षण मञ्च नेपालका केन्द्रिय अध्यक्ष ज्योति बानियाले नसर्ने रोगबारे सचेत नागरिकहरुले सचेतीकरणको अगुवाई गर्नुपर्ने बताए ।
लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. डिल्ली अर्यालले सबै नागरिकले स्वस्थ जीवनशैली अपनाउनतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

उपभोक्ता हित संरक्षण मञ्च नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष प्रभात कुमार ठकुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भेरी अस्पतालकी नर्सिंग प्रशासक आशा पन्थ, खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जकी खाद्य अनुसन्धान अधिकृत नेत्रा बागेटी लगायतले स्वस्थ आहारविहारबारे आफ्‌नो भनाई राखेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ११ गते आइतबार