काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिले देश बनाउने र देश जलाउनेबीच लडाइँ चलिरहेको जिकिर गरेका छन् । उनले नयाँ पार्टीहरूको कुनै गन्तव्य नभएकोसमेत बताए । ओलीले रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहलाई लक्षित गर्दै कहाँ जान हिँडेको नै थाहा नभएको बताए।

च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै नयाँ पार्टीहरूलाई लक्षित गरेर नारायण गोपालको गीत सम्झिँदै उनले भने, ‘भोलि उठी कहाँ जाने केही थाहा छैन, फर्की आउने हो कि होइन थाहा छैन।’उनले एमाले समृद्ध नेपाल सुखी नेपाली बनाउनको लागि अथक प्रयास गरिरहेको बताए।
प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार









प्रतिक्रिया दिनुहोस्