आबुधाबीमा त्रिपक्षीय वार्ता नसकिँदै रूसले युक्रेनको राजधानी किभ लगायतका क्षेत्रमा रूसले यो वर्षकै ठूलो हमला गरेको छ।गएराति रूसले राजधानी लगायतका क्षेत्रमा ठूलो संख्यामा मिसाइल र ड्रोनले हमला गरेको अमरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ। शुक्रबार अबुधाबीमा रूस-युक्रेन-अमेरिकी अधिकारीबीच पहिलो चरणको वार्ता सकिएलगत्तै रूसले हमला सुरू गरेको हो।वार्ता शनिबार पनि बस्ने तय भएको छ। रूसले रातभरिमा ३७० वटा ड्रोन र २१ वटा मिसाइल हानेको सिएनएनले जनाएको छ।

आक्रमणमा राजधानीमा एक जनाको मृत्यु र चार जना घाइते भएको किभका मेयर विटाली क्लिस्कोले बताएका छन्।उनका अनुसार रूसी हमलाबाट धेरै संख्यामा भवनहरुमा क्षति पुगेको छ। खसेका अवशेषका कारण आगलागी र भवनहरूमा क्षति पुगेको छ। करिब ६ हजार अपार्टमेन्टमा ताप आपूर्ति अवरुद्ध भएको र केही क्षेत्रको पानी आपूर्ति पनि काटिएको छ। किभमा शनिबार बिहान तापक्रम माइनस १२ डिग्री सेल्सियस रहेको जनाइएको छ। चिसोमा ताप आपूर्ति नहुँदा दैनिक जीवन कठिन बनेको छ। युक्रेनको दोस्रो ठूलो सहर खार्किभ पनि आक्रमणको चपेटामा परेको छ।









प्रतिक्रिया दिनुहोस्