टी–२० अन्तर्राष्ट्रियमा १००० रन पूरा गर्ने दोस्रो महिला क्रिकेटर बनिन रुविना



नेपाली राष्ट्रिय क्रिकेट टोलीकी अलराउन्डर रुविना क्षेत्रीले महिला टी–२० अन्तर्राष्ट्रियमा १००० रन पूूरा गरेकी छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरअन्तर्गत बिहीबार सम्पन्न नेदरल्यान्ड्सविरुद्धको खेलमा अविजित ३७ रन बनाएसँगै उनले यो उपलब्धि हासिल गरेकी हुन् ।

रुविनाले ८१ अन्तर्राष्ट्रिय खेलमा १–१ शतक र अर्धशतकसहित १००५ रन बनाएकी छन् । उनी यो उपलब्धि हासिल गर्ने दोस्रो नेपाली महिला क्रिकेटर हुन् ।यसअघि कप्तान इन्दु बर्माले १००० रनको आँकडा पार गरेकी थिइन् । इन्दुले ७९ खेलमा १०४७ रन बनाएकी छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ८ गते बिहीबार