दुर्गा प्रसाईँ हाजिर जमानीमा छुटे



काठमाडौं ।

विभिन्न विषयमा अफवाह फैलाएको आरोपमा पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईँलाई काठमाडौं प्रहरीले हाजिर जमानीमा रिहा गरेको छ ।जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार उनको बयान लिइएको र हिरासत बाहिरै राख्न उपयुक्त हुने कारण आफन्तको जिम्मामा छोडिएको हो ।

पोखरा लेकसाइडमा आयोजित नागरिक सभालाई सम्बोधन गरेर फर्किने क्रममा उनी हिजो चाउथेबाट पक्राउ परेका थिए ।कांग्रेसको आधिकारिकता विवादमा पैसा खाएर निर्वाचन आयोगले निर्णय लिएको भन्दै उनले सार्वजनिक अभिव्यक्ति दिएपछि आइतबार आयोगले कारबाही प्रक्रियाको अनुरोधसहित साइबर ब्युरोमा पत्राचार गरेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार