वरिष्ठ सई बालकृष्ण ‘पुलिस अफ द मन्थ’ घोषित



काठमाडौं ।

लागुऔषध नियन्त्रण ब्युरोका वरिष्ठ सई बालकृष्ण सञ्जेल पुस महिनाको लागि ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन् । लागऔषध कारोबारविरुद्ध जोखिमपूर्ण र प्रभावकारी अपरेशन सम्पन्न गरेकोमा उनलाई पुलिस अफ द मन्थ घोषणा गरिएको हो ।

सञ्जेलले सीमापार नेटवर्कदेखि सहरभित्रको गोप्य कारोबारसम्ममा नियन्त्रण गरेको बताइएको छ । पुस महिनामा सञ्जेल नेतृत्वको विशेष अपरेशनमार्फत दर्जनौँ अभियुक्त पक्राउ परेका छन् भने लाखौँ मूल्य बराबरको लागुऔषध बरामद गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ५ गते सोमबार