गाउँमा रहेका कृषहरूको पराल खरिद गरेर त्यसबाट च्याउ उत्पादन गर्ने गरेको उनको भनाइ छ । विगतमा पराल जलाउने किसानहरू अहिले बिक्री गरेर मनग्य आम्दानी गर्ने गरेका छन् । विगतको केही समय कोरियामा बिताएका भाइ कृष्ण थारू अहिले च्याउ खेतीमा व्यस्त रहेको बताउँछन् । उनी अहिले फर्ममा काम गर्ने कामदारहरूलाई कामकाजमा सहयोग गर्नुका साथै सबै कुराहरूको व्यवस्थापन गर्न समय खर्चने गर्छन् ।
गणेश रावत । कोहलपुर ।
बर्दिया जिल्लाको बाँसगढी नगरपालिका–६ स्थित नारायणपुर गाउँ । त्यही सुन्दर नारायणपुर गाउँनजिक जंगलको मुखैमा छ आरती बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्म । त्यसका सञ्चालक हुन् कमलनाथ थारू । शान्त र सुन्दर वातावरणमा रहेको उक्त च्याउ फर्मले थारूको मात्र नभइ नारायणपुरको परिचय बदल्न थालेको छ । नारायणपुर गाउँका थारू समुदायका बडघरसमेत रहेका उनी अहिले आफ्नै भूमिमा च्याउ व्यवसाय खेती गरेर रमाइरहेका छन् ।
‘स्वदेशमा असल कर्म गरे यतै सुन फलाउन सकिन्छ,’ उनले भने, ‘त्यसैले म आफ्नै गाउँमा केही गर्ने हेतुले च्याउ व्यवसाय गरिरहेको छु ।’ जसबाट अहिले राम्रो आम्दानी भइरहेको उनी बताउँछन् । अहिले १० कट्ठा क्षेत्रफलमा विभिन्न च्याउका टहराहरू निर्माण गरेर च्याउ खेती गरिहेको उनले मिसन टुडेलाई बताए । उनले अहिले दैनिक लाखौँको च्याउ बिक्री वितरण गरिहेका छन् ।
एक लाखको लगानीबाट सुरु भएको च्याउ खेती अहिले लाखौँको आम्दानीको स्रोत भएको उनले बताए । च्याउ फर्ममा अहिले २० जनालाई रोजगारीसमेत प्रदान गरिरहेको र अहिले च्याउको सिजन भएकाले च्याउ उत्पादनमा व्यस्त रहेको उनी बताउँछन् । ‘सुरुवाती दिनहरूमा फर्म दर्ता गरेर बंगुरपालन पनि गरेँ,’ उनले भने, ‘राम्रो आम्दानी पनि भयो । तर पछि त्यसको बजार व्यवस्थापन गर्न नसेकेर छाडेँ । त्यसको केही समयमा च्याउ खेतीमा सम्भावना देखेर थालनी गरेको हुँ ।’ आगामी दिनमा च्याउ खेतीलाई थप विस्तार गर्दै लैजाने योजना रहेको उनी बताउँछन् ।
अहिले भाइ कोरियाबाट स्वदेश फिर्ता भएपछि दुई दाजुभाइ नै च्याउ खेतीमा लागि परेको उनले मिसन टुडेलाई बताए । उनका अनुसार भाइ स्वदेश फर्केपछि च्याउ खेतीलाई थप विस्तार गरिएको छ । च्याउ खेतीले आत्मसन्तुष्टि मिलेको बताउँदै उनले बजारको माग धान्न कठिनाइ भइरहेको उल्लेख गरे ।
गाउँमा रहेका कृषहरूको पराल खरिद गरेर त्यसबाट च्याउ उत्पादन गर्ने गरेको उनको भनाइ छ । विगतमा पराल जलाउने किसानहरू अहिले बिक्री गरेर मनग्य आम्दानी गर्ने गरेका छन् । विगतको केही समय कोरियामा बिताएका भाइ कृष्ण थारू अहिले च्याउ खेतीमा व्यस्त रहेको बताउँछन् । उनी अहिले फर्ममा काम गर्ने कामदारहरूलाई कामकाजमा सहयोग गर्नुका साथै सबै कुराहरूको व्यवस्थापन गर्न समय खर्चने गर्छन् ।
‘विगत केही वर्ष कोरियामा बिताएँ,’ उनले भने, ‘परिवार छाडेर सात समुन्द्र टाढा गएर काम गर्दा सोचेअनुसार भएन । अहिले आफ्नै घरमा परिवारसँग बसेर च्याउ खेती गरेर राम्रो कमाइ भइरहेको छ ।’ च्याउ खेतीले परिवामा खुसी र मनमा आत्मसन्तुष्टि मिलेको उनी बताउँछन् ।
आफ्नै देशमा आफूभित्र भएको सीपको सदुपयोग गरेर पसिना बगाउन सके स्वदेशमा मनग्य आम्दानी गर्न सकिने भन्दै उनले विदेशमा पनि सोचेजस्तो नहुने भएकाले सकेसम्म स्वदेश काम गर्न आग्रह गरे । अहिले आफ्नै आरती बहुउद्देश्यीय कृषि तथा पशुपन्छी फर्ममार्फत च्याउ खेतीबाट परिवार सुखी रहेको उनी बताउँछन् । च्याउ खेतीमार्फत आफ्नै गाउँका बेरोजगार व्यक्तिहरूलाई रोजगार प्रदान गर्न सफल भएको उनको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्