सामाजिक सुरक्षा कोष दिवस, श्रमिकको सुरक्षित भविष्य निर्माण गर्ने अभियान



केपी घिमिरे ।

नेपालमा सामाजिक सुरक्षा कोषको अवधारणा आर्थिक वर्ष २०६६–०६७ देखि अघि बढाइएको भए तापनि योगदानमा आधारित सामाजिक सुरक्षा योजना २०७५ मंसिर ११ गते औपचारिक रूपमा शुभारम्भ भएको थियो । उक्त योजना २०७६ साउन १ गतेदेखि पूर्ण रूपमा कार्यान्वयनमा आई रोजगारदाता तथा श्रमिकबाट योगदान रकम संकलन सुरु गरिएको हो । नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको औपचारिक शुभारम्भ विसं २०७५ मंसिर ११ गते भएको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाइँदै आइरहेको छ । यस वर्ष नवौँ सामाजिक सुरक्षा दिवस मंसिर ११ गते मनाउन लागिएको छ । श्रमिकको हकहित संरक्षण, सामाजिक सुरक्षा सुनिश्चितता तथा सुरक्षित भविष्य निर्माण गर्ने उद्देश्यले श्रमिक र रोजगारदाताबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्य सामाजिक सुरक्षा कोषको स्थापना गरिएको हो ।

सामाजिक सुरक्षा कोषले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमार्फत श्रमिकलाई आर्थिक तथा सामाजिक सुरक्षा प्रदान गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा समेट््ने प्रयास भइरहेको छ । विशेषगरी स्वास्थ्य उपचार, मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा जस्ता सुविधा यसका महत्वपूर्ण पक्ष रहेका छन् । श्रमजीवी श्रमिकहरूले लामो समयसम्म श्रम गरे पनि बिरामी पर्दा, दुर्घटनामा परेका बेला वा वृद्धा अवस्थामा आर्थिक समस्यासँग जुध्नुपर्ने बाध्यतामा रहेका श्रमिकका लागि सामाजिक सुरक्षा कोष महत्वपूर्ण सारथीको आधार बनेको छ । यसले श्रमिकलाई आफ्नो श्रमको सम्मानसँगै भविष्यप्रति आश्वस्त बनाउने अपेक्षा गरिएको छ ।

तर सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयनमा अझै केही चुनौतीहरू रहेका छन् । धेरै रोजगारदाता तथा श्रमिक यस योजनाबारे पर्याप्त जानकार छैनन् । कतिपय प्रतिष्ठानमा श्रमिकलाई अहिलेसम्म पनि कोषमा आबद्धता नगराउने समस्या पनि देखिएको छ । त्यसैले कोषको पहुँच विस्तार गर्न जनचेतनामूलक कार्यक्रम, नियमित अनुगमन र रोजगारदाताको जिम्मेवारी सुनिश्चित गर्न नितान्त जरुरी देखिएको छ । सामाजिक सुरक्षा कोष दिवस केवल औपचारिक कार्यक्रम गर्ने दिन मात्र नभई श्रमिकको अधिकार, सम्मान र सुरक्षित भविष्यप्रति प्रतिबद्धता जनाउने अवसर पनि हो । श्रमिक राष्ट्र निमार्णका आधारस्तम्भ भएकाले उनीहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्नु राज्य, रोजगारदाता र समाज सबैको साझा दायित्व हो भनि सम्भिनु पर्दछ ।

श्रमिक सुरक्षित भए मात्र समृद्ध रााष्ट्र निर्माण सम्भव हुन्छ । त्यसैले सामाजिक सुरक्षा कोषलाई प्रभावकारी, पारदर्शी र सबै श्रमिकको पहुँचमा पु¥याउनु आजको अनिवार्य आवश्यकता हो । श्रमिकले आफ्नो जीवनको महत्वपूर्ण समय श्रम गरेर बिताए पनि बिरामी पर्दा, दुर्घटनामा परेका बेला, रोजगारी गुमाउँदा वा वृद्ध अवस्थामा आर्थिक समस्याको सामना गर्नुपर्ने अवस्था अझै विद्यमान रहीआएको छ । यस्तो अवस्थाको अन्त्य गर्दै श्रमिकलाई सामाजिक तथा आर्थिक सुरक्षा प्रदान गर्ने उद्देश्यले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिएको हो । सामाजिक सुरक्षा कोषको सुविधा, फाइदाहरू बारे तथा अशक्तता सुविधाबारे पर्याप्त जानकारी नहुँदा र रोजगारदाताको उदासीनताका कारण कतिपय श्रमिक अझै कोषको पहुँचभन्दा बाहिर रहेका छन् । प्रत्येक श्रमिकहरूलार्ई कोषमा आबद्धता गराउनका लागि सबैभन्दा पहिले व्यापक जनचेतना आवश्यक पर्दछ । उद्योग, कलकारखाना, होटल, निर्माण क्षेत्र, निजी संस्था तथा अन्य रोजगारमूलक क्षेत्रमा कार्यरत श्रमिकलाई कोषका सुविधा र प्रक्रियाबारे जानकारी दिनुपर्छ । रोजगारदातालाई आफ्ना श्रमिकको विवरण दर्ता गराउने र नियमित योगदान रकम जम्मा गर्ने जिम्मेवारीप्रति उत्तरदायी बनाउनुपर्छ ।

त्यस्तै, कृषि, निर्माण, घरेलु कामदार, स्वरोजगार तथा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई समेत सामाजिक सुरक्षाको दायरामा ल्याउन विशेष योजना कोषले ल्याउनु आवश्यक छ । कोषमा आबद्ध हुने प्रक्रिया सरल, सहज र प्रविधिमैत्री बनाउन सके श्रमिकको सहभागिता बढाउन सकिनेमा कुनै शंका गर्ने ठाउँ रहँदैन ।
त्यसैगरी, श्रमिक संगठन तथा ट्रेड युनियनहरूले श्रमिकका समस्या पहिचान गरी उनीहरूलाई सामाजिक सुरक्षाको महत्व बुझाउने र कोषमा आबद्ध हुन प्रेरित गर्ने भूमिका निर्वाह गर्नुपर्दछ । सरकारले स्थानीय तहसम्म सामाजिक सुरक्षा कार्यक्रम विस्तार गरी सबै श्रमिकको पहुँच सुनिश्चित गर्न आवश्यक देखिन्छ ।सामाजिक सुरक्षा कोषको प्रभावकारिता बढााउन योगदानकर्ताले जम्मा गरेको रकमको पारदर्शी व्यवस्थापन, जम्मा भएको योगदान रकमको ग्यारेन्टी, दाबी भुक्तानीमा सहजता र गुणस्तरीय सेवा प्रवाहमा पनि विशेष ध्यान दिनुपर्छ ।

श्रमिकले नियमित योगदान गरे पनि आवश्यक परेको समयमा सुविधा पाउन कठिनाइ भएमा कोषप्रतिको विश्वास कमजोर हुन सक्छ । त्यसैले योगदानकर्ताको विश्वास जित्ने गरी सेवा प्रवाह गर्नु कोषको महत्वपूर्ण जिम्मेवारी रहन आउँछ । सामाजिक सुरक्षा कोषको स्थापना २०६७ सालमा भए पनि योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको औपचारिक शुभारम्भ २०७५ मंसिर ११ गते भएपश्चात् सोही दिनको सम्झनामा प्रत्येक वर्ष मंसिर ११ गते सामाजिक सुरक्षा दिवस मनाइने गरिन्छ । यस वर्ष नवौँ सामाजिक सुरक्षा दिवस पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

अन्ततः सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई आबद्ध गराउनु सरकारको मात्र जिम्मेवारी होइन, यो रोजगारदाता, श्रमिक, ट्रेड युनियन र समग्र समाजको साझा दायित्व हो । श्रमिकको पसिनाको सम्मान गर्दै उनीहरूको वर्तमान र भविष्य सुरक्षित बनाउन सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न जरुरी छ । श्रमिक सुरक्षित भए मात्र उत्पादन वृद्धि, औद्योगिक विकास र समृद्ध रााष्ट्र निर्माण सम्भव हुन्छ । त्यसैले ‘हरेक श्रमिक सामाजिक सुरक्षामा, हरेक श्रमिकको भविष्य सुरक्षित’ भन्ने अवधारणलाई व्यवहारमा उतार्नु आजको आवश्यकता हो ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर १२ गते शुक्रबार