समानुपातिकतर्फ ३ हजार २१३ जना उम्मेदवार (सूचीसहित)



आसन्न प्रतिनिभि सदस्यको निर्वाचनमा समानुपातिकतर्फ ३ हजार २१३ जना उम्मेदवार रहेको विवरण निर्वाचन आयोगले सार्वजनिक गरेको छ । समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची सार्वजनिक गर्दै आयोगले एक सय १० सिटका लागि ६३ राजनीतिक दलबाट तीन हजार दुई सय १३ जना उम्मेदवारको नाम पेस भएको जनाएको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले बन्दसूचीमा नाम समावेश भएका कुनै उम्मेदवारको योग्यताको सम्बन्धमा दावी विरोध गर्न चाहने मतदाताले यही माघ १० गतेसम्म निवेदन दिन सक्ने जानकारी दिएका छन् ।

निर्वाचन आयोग समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भई दावी विरोध गर्न सकिन्छ । प्रतिनिधि सभामा समानुपातिक तर्फबाट एक सय १० जना र प्रत्यक्ष तर्फबाट एक सय ६५ जना निर्वाचित हुने व्यवस्था छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को समानुपातिक बन्द सूची

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार