नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बाँके जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका लागि नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ । नेकपाले बाँके क्षेत्र नम्बर १ का लागि नरेन्द्र पाण्डे जेम्स, क्षेत्र नम्बर २ का लागि दीपेन्द्र विष्ट र क्षेत्र नम्बर ३ का लागि दीपक जिएमलाई उम्मेदवारको टिकट दिएको हो । उनीहरु सबै संसदीय निर्वाचनमा नयाँ अनुहार हुन् ।
तीनै जना उम्मेदवारलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकेट दिएर पठाएका हुन् । जेनजी आन्दोलनका कारण यस पटक बाँकेमा सबै उम्मेदवार युवा र नयाँलाई सिफारिस गरिएको थियो ।
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार









प्रतिक्रिया दिनुहोस्