राष्ट्रिय सभाका तीन सदस्यद्वारा राजीनामा



 

राष्ट्रिय सभाका तीन सदस्यहरुले आइतबार राजीनामा दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीका नारायणकाजी श्रेष्ठ, राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतम र नेकपा एमालेकी भगवती न्यौपानेले पदबाट राजीनामा दिएका हुन् । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्न उनीहरुले पदबाट राजीनामा दिएका हुन् । श्रेष्ठ सर्लाही–३ बाट, गौतम बर्दियाबाट र न्यौपाने तनहुँ–१ बाट चुनाव लड्ने तयारीमा छन् ।

तीनै जनाले सिंहदरबारस्थित राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाललाई राजीनामा बुझाएका हुन् । राजिनमा दिएका तीनै जना सदस्यहरुको कार्यकाल आउँदो फागुन २० गते सकिन लागेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ ४ गते आइतबार