काठमाडौँ महानगर प्रहरी प्रमुख राजु पाण्डेले दिए राजीनामा



काठमाडौँ । 

काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेले पदबाट राजीनामा दिएका छन्।  शुक्रबार बिहान पाण्डेले काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसमक्ष राजीनामा बुझाएका हुन्। उनले माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको जनाएका छन्।

नगर प्रहरी प्रमुख पाण्डेले राजीनामा दिएको भए पनि स्वीकृत हुन बाँकी रहेको महानगरका सहायक प्रवक्ता ध्रुवकुमार काफ्लेले बताए। ‘माघ ४ गतेबाट लागू हुने गरी राजीनामा बुझाउनु भएको छ, तर स्वीकृत हुन बाँकी छ,’ काफ्लेले भने।

नगर प्रहरी प्रमुख पाण्डेले आगामी प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवार बन्नका लागि राजीनामा दिएका हुन्।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार