कालीकोट ।
फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा चुनावका लागि कालीकोटमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । सदरमुकाम मान्मामा शुक्रबार एक कार्यक्रमका बीच कार्यालय स्थापना गरियको हो ।
कालीकोटका जिल्ला न्यायधिश कुलप्रसाद दाहाल, प्रमुख जिल्ला अधिकारी गोकर्ण राज सुयल लगायतको उपस्थितमा कार्यालय स्थापना गरिएको थियो ।
आउँदो निर्वाचनका लागि कालीकोटमा कूल ८४,६४६ मतदाता रहेका छन् । एक निर्वाचन क्षेत्र रहेको जिल्लामा चुनावका लागि १२७ मतदान केन्द्र रहेका छन् । जिल्ला न्यायधिश दाहालले निर्वाचनलाई शान्त, स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्न सबै पक्षले सहयोग गर्नुपर्ने बताएका थिए ।
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्