सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील रहेको निर्वाचन आयुक्तको भनाइ



काठमाडौँ : कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन व्यवस्थापनमा सूचना प्रविधिको प्रयोगप्रति आयोग संवेनशील रहेको बताएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को सन्दर्भमा आयोगका कम्प्युटर अपरेटरका लागि आजदेखि काठमाडौँमा सुरु भएको एकीकृत निर्वाचन व्यवस्थापन सूचना प्रणाली एवं साइबर सुरक्षासम्बन्धी तालिमको उद्घाटन गर्दै कार्यवाहक प्रमुख आयुक्त भण्डारीले सूचना प्रविधिमार्फत गत भदौ २३ र २४ गते भएको विद्रोहपछि आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति तोकिएकाले यस निर्वाचनमा प्रविधिको प्रयोगप्रति संवेनशील रहेको बताए ।

निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली संकलन गर्ने कार्य बन्द गर्नुपर्ने कानुनी व्यवस्था अध्यादेशमार्फत संशोधन गरिएपछि आयोगले यसपटक राष्ट्रिय परिचयपत्र प्रणालीसँग आयोगको मतदाता नामावली संकलन गर्ने प्रणाली एकीकृत गरी सहज ढंगबाट मतदाता नामावली संकलन गर्न सफल भएको उनले बताए ।

सूचना प्रविधिमार्फत फैलिन सक्ने मिथ्या सूचना, दुष्प्रचार, घृणास्पद अभिव्यक्ति न्यूनीकरणका लागि आयोगको सूचना प्रविधिमा कार्यरत सम्पूर्ण कर्मचारीको भूमिका महत्वपूर्ण हुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १ गते बिहीबार